दुई दिनअघि गाडिएको दिदीभाइको शव अनुसन्धानका लागि निकालियो

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

दुई दिन अघि गाडिएको दिदीभाइको शव जिल्ला प्रहरी कार्यालय खोटाङले निकालेको छ। साउन २२ गते राति मृत भेटिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका एकैघरका ११ वर्षीय मेनिषा बस्नेत र ६ वर्षका मेगराज बस्नेतको शव निकालिएको हो।

साउन २३ गते गाडिएको शवलाई प्रहरीले साउन २५ गते साँझ निकालेको हो। कानुनी प्रकृया पुरा नगरी सामसुम पारेर गाडिएको भन्दै प्रहरीले चिहानलाई खोतलेर शव निकालेको हो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

साउन २२ गते बिहीबार मृत भेटिएका दुईसहित ६ जना बालबालिका हराएका थिए। गोविन्द नामले चिनिने नवराज बस्नेतकाका दुई छोरी, एक छोरा र छिमेकीका तीन छोरी हराएकोमा बस्नेतको जेठी छोरी र छोरो मृत भेटिएका थिए। बस्नेतको माइली छोरी र छिमेकीका छोरी भने सकुसल भेटिएको स्थानीयले बताएका छन्।  भीरबाट लडेर मृत अवस्थामा भेटिएका दिदिभाइको शुक्रबार गाउँलेले अन्त्येष्टि गरेका थिए।

मृतक बालबालिकाका बुवा नवराज बस्नेत शान्ति निकेतन मावि छोरम्बु सापतेलका कार्यालय सहयोगीको रूपमा कार्यरत छन्। श्रीमतीले अर्कै बिहे गरेपछि दुई छोरी र एक छोरासहित नवराज घरमा बस्दै आएका थिए। प्राय सधैं छोराछोरी विद्यालयसँगै लिएर जाने नवराजले बिहीबार भने घरमा डिसहोम जडान गरेकाले ढिलाहुँदा छोराछोरीलाई आउँदै गर्नु भनेर विद्यालय एक्लै गएका थिए । तर, सो दिन विद्यालय नपुगेका छोराछोरी घरमा नभेटेपछि खोज्दैजाँदा जङ्गलमा मृत भेटिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *