रास्वपाको दाबी: धनराजको डिभोर्स झुटो अमेरिकातिर मधुमासमा रमाइरहेका छन्

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नो डिभोर्स भइसक्यो भनेर देशसँग झुटो बोलेको दाबी गरेका छन्। शुक्रबार रास्वपाको केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता झाले यस्तो दाबी गरेका हुन्।

‘धनराज गुरुङले मेरो डिभोर्स भइसक्यो भनेर देशलाई झुटो बोल्नुभयो,’ प्रवक्ता झाले भने, ‘तर उहाँ अमेरिकातिर हनिमुनमा रहेको तस्बिरहरू देख्यौँ हामीले ।’

कांग्रेस उपसभापति गुरुङकी पूर्व पत्नी ज्योति गुरुङमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप छ। सोही कारण कांग्रेस उपसभापति गुरुङसँगको सम्बन्ध विच्छेद मुद्दा नक्कली भएको भन्दै आरोपित गर्ने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *