रवि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्। सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका हुन् ।

आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने माग गरिरहेका लामिछानेले आज उच्च अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत बुझाएका हुन्  । सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेस गरेका हुन ।  अब अदालतले के गर्छ ? त्यो भने हेर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *