सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा (एमाले) का नेतृ तथा राष्ट्रिय सभाका सदस्य भगवती न्यौपाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकि छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार मन्त्री पदमा नियुक्त गरेका हुन  ।

संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा राष्ट्रपति पौडेलले न्यौपानेलाई तोक्नेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई घुसमागेको अडियो  बाहिर आएपछि मङ्गलबार नै पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *