देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भीषण वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।आज मङ्गलबार गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन विस्तार भएको महाशाखाले जनाएको छ ।

आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, मधेस प्रदेश तथा बागमती प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि बुधबार र पर्सी बिहीबार देशभर पूर्णतया बादल लाग्नेछ भने देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपात हुने सम्भावना छ ।

भोलि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पर्सी भने देशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *