रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रुस युक्रेन युध्द अन्त गर्नका लागी रूस तयार रहेकाे र यस सम्वन्धमा युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आएका छन् । “युरोपेली रुस कमजोर छ भन्ने धारणामा रहेर वार्ता हुनुपर्छ भन्ने चाहन्छन् यो कुरा गलत छ”, उनले भने , “यस्तो दृष्टिकोणले कहीँ पनि पुर्याउँदैन ।”

पेस्कोभले भने , “यदि युरोपका राजनीतिक शक्तिले शर्त जारी नगरी वा मस्कोलाई सिकाउने प्रयास नगरी रूससँग पुनः वार्ता सुरु गर्न आवश्यक हुन्छ र यसमा युरोप तयार रहन्छ भने रूस यसका लागि तयार हुने छ ।” सिन्ह्वा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *