क्यानले सर्वजनिक गर्यो सन्दीपले वेस्ट इन्डिजसँगको सिरिज नखेल्नुको कारण

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेले वेस्ट इन्डिजसँगको सिरिज  नखेल्नुको कारण सार्वजनिक गरेको छ। बुधबार बिज्ञप्ती सार्वजनिक गर्दै क्यानका सचिव पारस खड्काले सन्दीपले नखेल्नुको कारण सार्वजनिक गरेका हुन ।

‘नेपाल र वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोलीबिच सेप्टेम्बर २७ तारिखका दिन सञ्चालन गरिएको टी–२० आई सिरिज प्रतियोगिताको पहिलो खेल सुरु हुनु भन्दा ४५ मिनेट अघि सन्दीप लामिछानेले आफू स्वंयले उक्त म्याच नखेल्ने निर्णय गरेकोमा निजको उक्त निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी एवंम् समग्र नेपाली क्रिकेटमै गम्भीर असर पर्न गएको हुँदा टिम म्यानेजमेन्टको सिफारिस अनुसार पहिलो खेल लगत्तै बाँकी दुई खेल एवम् नेपाल र वेस्ट इन्डिज बिचको टी–२० आई सिरिज क्रिकेट प्रतियोगिता अवधिभरको लागि निजलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु।’ पारसले बिज्ञप्तीमा भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *