१३ सयमा डेंगु पुष्टि : बागमती प्रदेशमा सबै भन्दा बढी संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  अन्तर्गत कीटजन्य शाखाका प्रमुख डा‍. गोकर्ण दाहालका  अनुसार पुसयता ७३ जिल्लामा एक हजार ३६० जनामा डेंगु पुष्टि भएको हो। डेंगु संक्रमण सबै भन्दा बढी बागमती, कोशी र गण्डकी प्रदेशमा सबै भन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। […]

Continue Reading

विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयद्वारा प्राधिकरण घेराऊ

अत्याधिक गर्मिको मौसममा अनियमित बिद्युत आपूर्ति भएको भन्दै स्थानीयबासीले नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटको कार्यालय मंगलवार घेराऊ गरेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केका स्थानीयबासीले तीन देखि बिद्युत नआएको भन्दै गाईघाटस्थित विद्युत प्राधिकरणको उदयपुर बितरण केन्द्रको कार्यालय घेराऊ गरेको हो । पछिल्लो समय पटक पटक विद्युत कटौती हुने, कहिले दिन भर त कहिले […]

Continue Reading

श्रीमतीको नक्कली जागिर : फ्रान्सका पूर्व प्रधानमन्त्रीलाई जेल सजाय

श्रीमतीको नक्कली जागिर प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय चुनावमा पराजित फ्रान्सका पूर्व प्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई चार वर्षको जेल सजाय तोकेको छ । उनले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन । फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो । उक्त […]

Continue Reading

४ गते बुधबार देशका यी स्थानमा हुने छ वर्षा

बुधबार देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी , बागमती , गण्डकी  र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती , गण्डकी  र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।देशका उच्च-पहाडी तथा हिमाली […]

Continue Reading

नेपालले स्कटल्यान्डलाई १२ वर्षपछि हराउदै रच्याे इतिहास

नेपालले स्कटल्यान्डमाथि १२ वर्षपछि जित निकालेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो। सन् २०१३ पश्चात नेपालले पहिलो पटक स्कटल्यान्डलाई हराएको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले ९७ रन बनाएको थियो। ९८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। […]

Continue Reading

इरान र इजरायलबीच आक्रमण जारी, राजधानी तेहरानमा विस्फोट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्र्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् । इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ ।  इजरायलका रक्षा प्रणालीहरूले यस खतरालाई रोक्ने प्रयास गरिरहेका छन् ।  इरानी मिडियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले बताए अनुसार इरानको […]

Continue Reading

शुक्रबारदेखि ग्वार्को ओभरपास सञ्चालनमा आउँदै

आगामी शुक्रबारबाट ग्वार्को ओभरपास सञ्चालनमा आउने भएको छ। कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक हुने ट्राफिक जामलाई मध्यनजर गर्दै निर्माण गरिएको ग्वार्को ओभरपास ३९ महिनामा निर्माण सम्पन्न भएकाले सञ्चालनमा आउन लागेको हो । अहिले रंगरोगन र ट्राफिक लाइटको काम भइरहेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बराहीले बताए । ‘यो सबै काम शुक्रबारअघिसम्म सक्ने तयारी […]

Continue Reading

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न जिल्ला अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनाका आरोपी राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो । अदालतको आदेशानुसार, धरौटी बुझाएर आजै रिहा हुने तयारीमा मिश्र लागेका छन् । तीनकुने घटनाका अर्का आरोपी राप्रपाका महामन्त्री धवल शम्शेर राणा पनि अदालतको […]

Continue Reading

कंगोमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कंगो (डिआरसी) (डिआरसी) को राजधानीमा भारी वर्षाका कारण एक सातामा कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई निकासी र अस्थायी पुनःस्थापना प्रयासहरू जारी रहेको बताउँदै किन्सासाका गभर्नर डेनियल बुम्बाले स्थानीयहरूलाई विपद् जागरूकता बढाई रोकथामका उपायहरू अपनाउन आग्रह गरेका छन् । वर्षाको समयमा वर्षा ९० मिलिमिटर पुगेको स्थानीय मिडियाले मौसम अधिकारीहरूलाई उद्धृत गर्दै बताएका छन् ।आगामी […]

Continue Reading

इरान र इजरायल किन युद्धमा होमिए ?

गत शुक्रबारदेखि सुरु भएको इरान-इजरायल युद्ध तत्काल शान्त हुने देखिन्न । बरु दुवै देशले एक अर्काविरुद्ध मिसाइल आक्रमण जारी राखेका छन् । अनि युद्धको यो नयाँ स्वरुपले विश्वभर आर्थिक र राजनीतिक संकट थप चुलिने चिन्ता बढेको छ । गाजा क्षेत्रको हमास विद्रोही, लेबनानको हिजबुल्लाह र यमनको हुथी विद्रोहीहरू लडिरहेको इजरायल फेरि नयाँ युद्धमा होमिएको छ । अहिले एक अर्काको […]

Continue Reading