नेपाल-चीन सिमाना नजिक ५.० म्याग्निच्युटको भूकम्प

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै आज बिहान भूकम्पको मध्यम झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ४: ०५ बजे चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास रहेको केन्द्रले जनाएको छ। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

सिमाना नजिकै भएकाले भूकम्पको कम्पन नेपालका केही उत्तरी जिल्लामा पनि हल्का महसुस गरिएको  छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *