दाउन्ने क्षेत्रमा गएराती देखि ६ घण्टा सडक बन्द

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नारायणगढ बुटवल सडक खण्ड अन्तरगत गएरातीदेखि दाउन्ने क्षेत्रमा रातीमा सडक बन्द गरेर काम भै्रहेकाेद छ । गत चैत्र २७ गते बाट पाँच दिनसम्म दिउसो चार घण्टा बन्द हुँदै आएको सडक सोमबारदेखि १५ दिनसम्म राती ११ देखि बिहान ५ बजेसम्म बन्द गरेर पहाड काट्ने काम गर्न लागिएको हो ।

दैनिक रातीमा ६ घण्टा यातायात आवागमन बन्द गरेर दाउन्ने खण्डको कामलाई तिव्रता दिन लागिएको आयोजनाले जनाएको छ । दाउन्ने क्षेत्रको पूर्व तर्फ हिलो र धुलोका कारण यात्रा गर्न निकै कठिनाइ हुने गरेको छ । छिटफुट वर्षा हुदा समेत सडक हिलो भएर सवारी साधन चिप्लिँदा सवारी आवागमनमै समस्या हुने गरेको छ । दाउन्नेमा दैनिक हुने लामो जामका कारण यात्रुले सास्ती खेप्दै आएका छन् ।

वर्षायाममा ठुलो समस्या हुने देखेरै रातीमा सडक बन्द गरेर ठेकेदारको आग्रह बमोजिम काम तिव्र गर्न लागेकाे  जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी ज्ञानेन्द्र प्रसाद फुँयालले बताए  । यसअघि पाँच दिन दिउँसोमा सडक बन्द गरिएपनि वर्षाका कारण पूर्णरुपमा काम हुन सकेन ।

दाउन्नेको १४ किलोमिटर खण्डमा खाल्डाखुल्डी र धुलो हिलोले समस्या हुने गरेको छ । सडक बन्द हुने समयमा सवारी साधनलाई पूर्वी खण्डको दुम्किबास र पश्चिम खण्डको बर्दघाट, ज्यामिरे तथा हकुई क्षेत्रमा रोकिने प्रहरीले जनाएको छ ।

नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम सुस्त हुँदा यात्रु तथा सडक किनारका स्थानीयले सास्ती भोग्न बाध्य छन् । तेस्रो पटक थप गरिएको म्याद समेत आगामी साउन महिनामा सकिदै छ । तर हाल सम्म सडकको भौतिक प्रगति ६१ प्रतिशत मात्र पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *