भक्तपुर व्यापार महोत्सव सुरु, ५० प्रतिशतसम्म छुटको व्यवस्था

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको संयुक्त आयोजनामा आजदेखि भक्तपुरको सल्लाघारी खुल्ला चौरमा “नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२” सुरु भएको छ । ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारीको तीनकुने स्थित खुल्ला चौरमा सुरु भएको महोत्सव बैशाख ७ गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, भाडाकुडाको साथै विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीहरू बिक्रीका लागि राखिएका छन् । औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, अटो मोबाइल प्रदर्शनी, आधुनिक कृषि औजार प्रदर्शनी राखिएको छ । मेलामा मोबाइल तथा इलेकट्रोनिक्स सामानको व्यापार तथा प्रदर्शनी एवं बिक्रीका लागि स्टलहरू रहेका छन् ।

महोत्सवमा साना बालबालिकाहरूका लागि बाल उद्यान सञ्चालन गरिएको छ । मेला संयोजक दीपक थापाले महोत्सवमा ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्टलहरू रहेका छन्।

मेलामा बिक्री गरिने सामानहरूमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा १ सय ५० स्टल रहेका छन् । करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवलाई व्यवस्थित गर्न रु ५० र रु ८० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । यद्यपि विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *