राजावादीको आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको सूचना दिनू : प्रहरी

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपाल प्रहरीले राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा संलग्न व्यक्तिहरूबारे सूचना दिन आग्रह गरेको छ ।

प्रहरी मुख्यालयले एक सार्वजनिक सूचना जारी गरी अनुसन्धानको प्रमाण संकलनका लागि सर्वसाधारणसँग भएका तथ्यपरक सूचना (फोटो, भिडिओ, संलग्न व्यक्तिको विवरण) उपलब्ध गरी अनुसन्धानमा सहयोग गरिदिन भनेको छ ।

शुक्रबार काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका प्रमाण उपलब्ध गराइदिन सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको हो ।  सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहनेसमेत बताइएको छ । सूचना पठाउनका लागि प्रहरीले इमेल आइडी सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *