गए रातिदेखि भाेलि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार शुक्रबार रातिदेखि देशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। देशका पहाडी क्षेत्रका थोरै ठाउँहरूमा भने मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। तराई, कोशी र मधेश प्रदेशमा यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज शनिबार देशका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ। देशका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने देखिन्छ। भाेलि चैत १० गते कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ।
यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेश प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित हल्का पानी पर्ने संभावना रहेकाे महाशाखाले जनाएको छ।