दाङको देउखुरीमा कृषिका लागि सिँचाइको व्यवस्थापन गर्न नौ बिघामा कृत्रिम जलाशय निर्माण गरिएको छ । लमही नगरपालिका वडा–९ स्थित तेलिया हरियाली सामुदायिक वनमा सो कृत्रिम जलाशय निर्माण गरिएको हो ।
खेतिपातीमा सिँचाइका लागि पानीको अभाव हुन थालेपछि सामुदायिक वनको सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरिएको लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले बताएन । गत वर्ष त्यस सिमसार क्षेत्रलाई कृत्रिम जलाशयको रूपमा विकास गरेको उनले जानकारी दिइन ।
गर्मीयाममा पानीको सुख्खा हुन नदिन सिमसार क्षेत्रलाई कृत्रिम जलाशय निर्माण गरिएको बताउदै यो जलाशयबाट वडाको विभिन्न ठाउँमा सिँचाइका लागि पानी लग्ने तयारी भएको समेत जानकारि गराइन । साे जलाशय सौरेनी जलायशको नाममा परिचित छ ।
सौरेनी जलाशय अहिले रिहारको आसपासमा रहेको घरपालुवा जनावर (पशुचौपाया) का लागि पानी खुवाउने गन्तव्य बनेको छ, भविष्यमा तेलिया गाउँमात्र नभई वडाका विभिन्न गाउँमा सिँचाइका लागि उक्त जलाशयबाट सिँचाइ गर्ने योजना बनाइएको छ ।
रिहार बजारदेखि करिब ३ किलोमिटरभित्र रहेका सौरेनी जलाशय हेर्नका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकहरू आउनेगरेको जलाशय हेर्दा सुन्दर र आकर्षक देखिएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बनेको स्थानीयहरू ले बताउने गरेका छन ।रिहार मन्दिर अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई केन्द्रीत गरेर सौरेनी जलाशयमा डुङ्गा सयर गर्न सकेमा यसको आककर्षण अझ बढ्न सक्ने बताइएकाे छ ।