राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आगामी फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न स्वतस्फूर्त रुपमा आउन आह्वान गरेका छन् ।
आज शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै उनले फागुन २५ गते दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेनद्रको स्वागतका लागि आउन आह्वान गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।
उनले अब एमाले–कांग्रेस विर्सिएर राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिनसमेत आग्रह गरे । उनले अबको समय राजा र आफ्नो रहेकोसमेत दाबी गरे । ‘अब बिर्सिनुस् कांग्रेस, अब बिर्सिनुस् एमाले । यो समय राजा र दुर्गा प्रसाईँको हो,’– उनले भने ।
त्यस्तै, आगामी फागुन २५ गते शान्तिपूर्ण प्रदर्शन हुने र ज्ञानेन्द्रलाई निर्मल निवास पुर्याइदिने उनले बताए । उनले अहिलेको शासन राणाहरुको भन्दा पनि खतरा रहेको बताए ।