राइस मिलको जग्गा बिक्री रोक्न माग गर्दै गौरमा आन्दोलन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रौतहटकाे  जिल्ला सदरमुकाम गौरमा रहेको ऐतिहासिक राइसमिलको जग्गा बिक्री रोक्न माग गर्दै आन्दोलन गरिएको छ। स्थानीयले गौर नगरपालिकाले राइस मिलका विषयमा गरेको निर्णय बदर गर्न माग गर्दै आन्दोलन गरेका हुन्। गौर नगरपालिकाले रातारात बन्द कोठाबाट गौर राइस मिलको मैदान बिक्री गर्ने निर्णयप्रति त्यस क्षेत्रका नागरिकले आपत्ति जनाउँदै आन्दोलनमार्फत दबाब दिएका हुन्।

गौर राइस मिल बचाउ अभियान सञ्चालन गरेर नगरपालिकाको विरुद्धमा  स्थानीयले प्रदर्शन गर्दै जनताको अहित हुने कार्य नगर्न चेतावनी दिएको स्थानीय बजरङी गुप्ताले बताए। नगर प्रमुखसहित केही जनप्रतिनिधिको व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिएको निर्णय मान्य नहुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

राइस मिल मैदान बिक्री गर्ने निर्णय भएको भन्दै स्थानीय आन्दोलनमा छन्। पालिकाले आफ्नो निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *