चोरभन्दै प्रतिकार गर्दा छोराको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

 मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा भएको घटनामा बाबुआमाको प्रतिकारमा छोराको मृत्यु भएको छ ।अदुवाबारी का ६३ वर्ष  का मीनबहादुर भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेको आरोप लागेका भरथकुमार भ्लोनको शुक्रबार मृत्यु भएको हाे  । सुर्खानी दल्ने अरु कोही नभई आफ्नै छोरो भएको दाबी प्रहरीको छ तर आमा र बाबुले भने आफूहरुले नचिनेको बताएका  छन् ।

मीनबहादुर र श्रीमती ६४ वर्षीय देवीमाया भ्लोन खाना खाइरहेको अवस्थामा चोरी प्रयास गरेको आरोप लागेका छोरा भरथमाथि मिनबहादुर दम्पत्तिबाट भएको प्रतिकारमा गम्भीर घाइतेभएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा  मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरिका अनुसार मिनबहादुर दम्पत्तिले आफ्नै घरमा खाना खाइरहेको अवस्थामा राति ३९ वर्षीय भरथकुमारले मिनबहादुर भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेका थिए । उता मिनबहादुर दम्पतीले चोरी गर्न आउने भरथकुमारलाई आफूहरुले नचिनेको बताउँदै आएका छन् ।  प्रहरीका अनुसार भरथकुमारको पहिचान  मिनबहादुरको छोरा भएको खुलेकाेछ ।

प्रहरीले भरथकुमारले खुर्सानीको धुलो छर्केर एक्कासि घरमा प्रवेश गर्न लाग्दा मिनबहादुर भ्लोन र श्रीमती देवीमाया भ्लोनले भान्छामा रहेको सामानले प्रतिकार गर्दा भरथकुमारको टाउको, मुख, शरीरको विभिन्न भागमा चोट लागि गम्भीर घाइते भएको बताएकाे छ ।

यस्तै, घरधनी मिनबहादुरको हात, मुख र टाउकोमा तथा देवीमायाको हात र आँखा नजिक चोट लागेको छ । प्रहरीका अनुसार मिनबहादुर र देवीमायाको हेटौँडा अस्पतालमा उपचार पछि  थप उपचारका लागि काठमाडौँ पठाइएको छ । भरथकुमारलाई पनि हेटौँडा अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको थियो । यसअघि चोरी गर्ने को भन्ने खुलेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *