माघ १९ : तत्कालिन राजा ज्ञानेन्द्रको शाही सम्बोधन

आज माघ १९ । आफुलाइ प्रजातन्त्रवादी भन्नेहरू ले  नेपाली राजनीतिक इतिहासमा माघ १९ लाई ‘राजनैतिक कु’ र कालो दिनको रूपमा लिने गरेका छन् । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शाही सम्बोधन मार्फत् शासनसत्ता आफ्नो हातमा लिने काम भएकाे थियाे । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अक्षम भएको भन्दै अपदस्थ गरेर आफ्नै अध्यक्षतामा […]

Continue Reading

आज तीन इजरायली बन्धक रिहा हुँदै

इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास)बिच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक-कैदी आदानप्रदान आज  हुने भएको छ । आज रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । “इजरायलले हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरुको सूची प्राप्त गरेको छ । सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,” […]

Continue Reading

३० केजीको खुकुरी प्रदर्शनीसहित बिक्रीमा

चौँथो रामपुर महोत्सव तथा व्यापार मेलामा स्थानीयदेखि प्रतिष्ठित उद्योगबाट उत्पादन भएका सामग्रीहरु राखिएको छ । तर मेला अवलोकनका लागि पुग्ने दर्शकको ध्यान खुकुरीले तानेको छ । ३० किलो ग्राम तौल र एक लाख ११ हजार एक सय ११ रुपियाँ मूल्य तोकिएको खुकुरीले सबैको आकर्षणको केन्द्र बनेको हो । विश्वकर्मा आरन उद्योग वालिङ नगरपालिका-८, स्याङ्जाका सञ्चालक […]

Continue Reading

सिजनमै दामनका होटेल सुनसान

मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटेल सुनसान बनेका छन् । कुनै समय आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने दामन क्षेत्रका होटल अहिले सुनसान बनेको यहाँका होटेल व्यवसायीको गुनासो छ । तराई र काठमाडौँ जोड्ने मुलुकको सबैभन्दा जेठो राजमार्ग त्रिभुवन राजपथ हुँदै पुगिने पर्यटकीय क्षेत्र दामन अहिले सुनसान बनेको छ । पछिल्लो समय पर्यटकीय क्षेत्रको विस्तार […]

Continue Reading

जलवायु परिवर्तनले वनस्पतिको जीवनचक्रमा पारेको प्रभावः माघमै फुल्न थाल्यो गुराँस

मकवानपुरको भीमफेदीस्थित अघोर क्षेत्र, थाहा नगरपालिकाको सिमभन्ज्याङ, दामन र बकैयाको जितपुरभन्ज्याङ क्षेत्रमा यस पटक गुराँस फुल्न थालेका छन् । स्थानीयवासीको अनुसार फागुन/चैतदेखि फुल्ने गुराँस पछिल्लो समय मङ्सिरको अन्तिमदेखि नै फाटफुट फुलेको देखिन थालेको छ । पछिल्लो समय जलवायु परिवर्तनले वनस्पतिको जीवनचक्रमा पारेको प्रभावका कारण पनि समय अगावै गुराँस फुल्न थालेको बताइन्छ । दामनका स्थानीय भन्छन, […]

Continue Reading

मधेशमा एचपिभी खोप अभियानको तयारी पूरा

मधेश प्रदेशमा यही माघ २२ गतेबाट सञ्चालन हुन लागेको पाठेघरको मुखको क्यान्सर गराउने हृयुमन प्यापिलोमा भाइरसविरुद्धको एचपिभी खोप अभियान २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । एचपिभी खोप अभियानको बारेमा छलफल गर्न शुक्रबार बसेको प्रदेश स्तरीय खोप समन्वय समितिको बैठकमा स्वास्थय निर्देशनालय मधेश प्रदेशका खोप अधिकृत लक्ष्मेश्वर झाले अभियानको सम्पूर्ण तयारी पूरा भएको बताए  […]

Continue Reading

चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्रीमा निषेध

चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध गरेको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजानिक स्थलमा प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका, खैनी, गुट्खा, पान, पराग , यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सूर्तिजन्य पदार्थको बिक्री बितरणमा निषेध गरेको हो । नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवनको निमित्त बनाइएको, उत्पादन […]

Continue Reading

आजको मौसम : तराईमा हुस्सु र कुहिरो

ज  बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज  बिहान देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गए मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपियाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो । […]

Continue Reading

आजदेखि त्रि.अ. विमानस्थल सोह्र घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज देखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।  विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरलले भने , “अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र […]

Continue Reading