अमेरिकाबाट ७६ यात्रु लिएर गएको विमान क्यानडामा दुर्घटना

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार थिए।

विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो।  अवतरणको समयमा विमानको पखेटामा रहेका फ्ल्यापहरूले राम्रोसँग काम नगरेकोले विमान  उत्तानाे परेकाे थियाे ।

मानिसहरूले दुर्घटनाको समयमा टोरन्टोमा ठूलो हिमपात भएको बताएका छन्। क्यानडाको मौसम विज्ञान विभागका अनुसार हावा ६५ किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको थियो।

क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यसमा सहयोग गरिरहेको सञ्चारमाध्यममा उल्लेख छ। दुर्घटनापछि टोरन्टो विमानस्थलमा २०० भन्दा बढी उडानहरू अस्थायी रूपमा रोकिएका थिए तर केही घण्टामै उडानहरू पुनः सुरु भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *