बारा प्रहरीले पक्राउ गरेको थुनुवा फरार भएको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट थुनुवा फरार भएका हुन ।सिमरा प्रहरीले माघ ९ गते अभद्र व्यवहार मुद्दामा जितपुर सिमरा -०२ को १९ वर्षीय महेश चौधरी फरार भएका हुन । पक्राउ परेको चौधरी आइतवार फरार भएका हुन । पक्राउ परेको चौधरीलाई पाँच दिनको म्याद लिई थप अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक सुभद्रा वाइवाले बताइन ।
हिरासत कक्षबाट फोहर फाल्न निस्केको बेला भागेको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताएका छन् । फोहरको बाल्टीन फाली हिरासत कक्षको बाया साईडमा रहेको इमरजेन्सी गेटबाट चौधरी फरार भएका हुन ।हिरासत कक्षबाट थुनुवा कसरी फरार भयो , त्यसको अनुसन्धान गरिरहेको उनले बताए ।
फरार थुनुवा चौधरीको खोछतलाश गर्न प्रहरी नायव उपरीक्षक वाइवाको नेतृत्वमा २५ जनाको टोली खटाइएको सापकोटाले जानकारी गराएका छन् ।
विस २०७८ माघ १ गते उदघाटन भएको नव निर्मित ईलाका प्रहरी कार्यालयको व्यवस्थित कार्यालयबाट थुनुवा फरार हुनु आफैंम शंकास्पद रहेको छ । सिमराको बिच शहरमा रहेको प्रहरी चौकीबाट थुनुवा फरार हुनु प्रहरीमाथि प्रश्न चिन्ह खडा भएको छ ।