एकै दिनमा एक हजार समलिंगीको लगनगाँठो

अन्तराष्ट्रिय मनराेञ्जन मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

थाइल्याण्डमा आज एक हजार जना समलिंगीले विवाह गरेका छन् । विश्वको इतिहासमा एकै दिन धेरै संख्यामा समलिंगीहरुले विवाह गरेको यो पहिलो रेकर्ड भएको बताइन्छ ।

उनीहरुले सरकारी निकायबाट विवाह दर्ता प्रमाणपत्र प्राप्त गरेपछि राजधानी बैंककमा आयोजित विशेष समारोहमा विवाह गरेका हुन् । थाइल्याण्ड दक्षिणपूर्वी एशियाली मुलुकहरुमा समलिंगी विवाहलाई मान्यता दिने पहिलो मुलुक हो । एशियामा ताइवान, नेपाल र थाइल्याण्डले यस्तो विवाहलाई मान्यता दिएका छन् ।

थाइल्याण्डमा हालसम्म एक हजार ४४८ जनाले समलिंगी विवाह दर्ता गराएका छन् । आज दिउँसोसम्म एक हजार जनाले विवाह समारोहमा भाग लिएको बताइन्छ । राति अबेरसम्म उक्त संख्या बढ्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *