भीम रावलसंगै १ हजार ८६ ले छाडे एमाले पार्टी

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई कारबाही गरेपछि कार्यकर्तामा वितृष्णा बढेको छ। नेता रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन्, जसले सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो झट्का लागेको छ।

नेता रावलले मातृभूमि जागरण अभियान नेतृत्व गर्दै संगठन निर्माणमा लागेका छन्। उनको गृहजिल्ला अछाममा एकसाथ हजारौंले एमाले छोडेका छन्, जसमा एक हजार ८६ जना स्थानीय नेताकार्यकर्ता छन्। यी सबैले रावलको अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन्।

समर्थकहरूमा प्रदेश कमिटी, विभागीय, केन्द्रीय विभाग, जिल्ला कमिटी सचिवालय, प्रवास प्रतिनिधि, जिल्ला सल्लाहकार, नगर तथा वडा कमिटी पदाधिकारी, अनेम संघ, र जनवर्गीय संगठनका पदाधिकारीहरू समेत समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *