नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा ८६ जनाको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर  देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले भने ,“ट्याङ्कर विस्फोटबाट मृत्यु हुनेको अन्तिम सङ्ख्या ८६ पुगेको छ ।”

“हामीले हिजो दिउँसो १२ बजेदेखि आज दिउँसो २ बजेसम्म ८६ जलेका शवलाई गाड्यौं । हामीलाई शव गाड्न १४ घण्टा लाग्यो किनभने हामीले खन्नेहरू पाउन सकेनौं र म्यानुअल रूपमा सामूहिक चिहान खन्न स्थानीयहरूलाई बोलाउनु पर्यो । अन्य ५२ जना विस्फोटबाट गम्भीर जलेको छ ।”

सङ्घीय राजधानी कादुनासँग जोड्ने सडकमा डिक्को जंक्शनमा विस्फोट भएको हो । सन् २०२३ मा राष्ट्रपति बोला टिनुबुले इन्धन सब्सिडी समाप्त गरे , जसले खाना र यातायात लागत बढ्यो ।“इन्धन ट्याङ्कर विस्फोटमा राष्ट्रपतिले गहिरो दुःख व्यक्त गरेका छन  । साथै, इन्धनको गम्भीर जोखिम र वातावरणीय खतराहरूको बारेमा जनचेतना जगाउन राष्ट्रिय अभियानको लागि उनले आव्हान समेत गरेका छन ।”

अक्टोबरमा, उत्तरी नाइजेरियाको जिगावा राज्यमा यस्तै दुर्घटनामा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।सन् २०२० मा, फेडरल रोड सेफ्टी कोप्रसले एक हजार ५३१ इन्धन ट्याङ्कर दुर्घटनाहरू सूचीबद्ध गरेको छ, जसले ५३५ भन्दा बढीको ज्यान लियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *