बंगलादेशसँग नेपालको व्यापार सहजीकरण गर्दै भारतले काँकडभिट्टा–फुलबारी–बंगलाबन्ध रूटमा आवतजावत गर्ने गरी कार्गो गाडीलाई रूट दिन सहमति जनाएको छ।
भारतीय सञ्चार माध्यम ‘द डेली स्टार’का अनुसार भारतीय वाणिज्य मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो सहमति दिएको उल्लेख गरेको छ।भारतीय सडक यातायात नियम अन्तर्गत दुई–एक्सेल सवारीको लागि १८.५ टन र तीन एक्सेल सवारीहरूको लागि २८ टन तोकिएको छ।
गतहप्ता काठमाडौंमा आयोजित दुई देशबीचको सचिवस्तरीय अन्तर सरकारी समिति (आइजिसी) बैठकमा नेपालले साे रूट हुँदै कार्गो गाडी सञ्चालनका लागि सहजीकरण गरिदिन अनुरोध गरेको थियो। साे अनुरोध पछि यस्तो निर्णय गरेको हो।