नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ विन्दुमा अडिएको हो। नेप्से घटे पनि कारोबार रकम आइतबारको तुलनामा बढेको छ।यसदिन ३२२ स्क्रिप्सको १ करोड ३८लाख ७० हजार ५७९ कित्ता सेयर ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार १०३ रुपैयाँमा खरिदबिक्री भए। आइतबार २५ अंकले घटेको सेयर बजारमा ३ अर्ब बराबरको सेयर कारोबार भएको थियो।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बराही हाइड्रोपावरको सेयर १० प्रतिशतले बढयो। सुपर मादी हाइड्रोपावरको सेयर ८.९७ प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्ट बैंकको ८.८१,सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८.४१ र नेपाल एसबीआई बैंकको ७.३० प्रतिशतले बढ्यो।
न्यादी हाइड्रोपावरको २८ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन पावरले १५ करोड,सिन्धु विकास बैंकले १३ करोड र सानिमा मिडल तमोर हाइड्रोपावरले १२ करोडको सेयर कारोबार गरे।कारोबारमा आएकामध्ये ६३ स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने स्थिर रह्यो। यसदिन सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स,होटल्स एण्ड टुरिजम र ट्रेडिङ समूहको उपसूचक १ प्रतिशत बढिले घटे।