काठमाडौं आइपुग्यो सेनाको एकीकरण टर्च र्‍याली

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल एकीकरणको क्रममा बडा महाराजाधिराज पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरू गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौं आइपुगेको छ।

गत पुस २१ गते गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज दिउँसो ४:४०  बजे काठमाडौं आइपुगेको हो।गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरूङ, नुवाकोट र ककनी हुँदै काठमाडौं आइपुगेको हो।

र्‍यालीमा सहभागी सैनिकहरू पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएका छन्।सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *