सूर्यदर्शन सहकारी ठगी प्रकरण धरौटी रकम ?

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।

लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यस्तै, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *