बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण तराइ जिल्लाहरू को जनजीवन कष्टकर बन्दै गएको छ ।दुई–तीनदेखि बिहान बेलुका लाग्ने बाक्लो कुहिरोसँगै बढेको अत्यधिक चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
चिसोका कारण सडकमा हिँडडुल गर्ने सर्वसाधारणको सङ्ख्यामा कमी आएको छ भने अति आवश्यक कार्य बाहेक घर बाहिर निस्कन छाडेका छन् । साथै चिसोले बजारमा सर्वसाधारणको उपस्थिति न्यून रहेको तथा सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको चाप कम हुँदै गएको छ ।
यसैगरी, चिसोका कारण अस्पतालमा बिरामीहरुको सङ्ख्या बढ्दै गएको छ । जाडोले ग्रसित भएका बालबालिकादेखि वृद्धवृद्धा उपचारका लागि अस्पताल आउने गरेको प्रादेशिक अस्पतालहरू ले जनाएका छन् ।
उपचारका लागि अस्पताल आउने बालबालिकाहरुमा निमोनिया, कोल्ड डायरिया तथा युवा वृद्धाहरुमा दम खोकीलगायतका बिरामीहरुमा बढी आउने गरेको प्रादेशिक अस्पतालहरूले बताउएका छन् ।चिकित्सकहरू ले चिसो छल्न बिना काम घर बाहिर ननिस्कन, उनी कपडा, कम्बल तथा आगो ताप्न तातोपानीको सेवनसँगै पोषिलो तथा ताजा खान खान सल्लाह दिएका छन् ।
मधेशका विद्यालय धमाधम बन्द
चिसो बढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गरिएको छ । केही दिनदेखि जाडो बढेकाले विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उपमहानगरले १० दिन विद्यालय बन्द गरेको जनाएको छ । उपमहानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई मसान्तसम्म बन्द गर्न लिखित निर्देशन दिएको छ ।
‘जनकपुर उपमहानगरपालिकाको शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेण्डरमा जाडो बिदा आवश्यकताअनुसार दिने उल्लेख भएअनुसार यस जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा २०८१–०९–१९ गतेदेखि २९ गतेसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी जाडो बिदा दिइएको…’,पत्रमा उल्लेख छ ।
धनुषालगायत मधेशका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरोका कारण अत्यधिक जाडो बढेको छ । चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरण गर्न थालेको छ ।