द्रुतमार्गमा देखिएका समस्या लम्बिन नदिइने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन  ।द्रुतमार्गको प्रस्थानविन्दु खोकनादेखि बुङ्मती हुँदै फसिडोलसम्म शनिबार भएको अवलोकनका क्रममा उनले  आयोजनामा देखिएका समस्या र चुनौती समाधानका लागि मन्त्रालयले अहोरात्र काम गरिरहेको बताए  ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्ने एउटा आधारका रूपमा सरकारले यस आयोजनालाई लिइएको बताउँदै मन्त्री दाहालले यो द्रुतमार्ग तराई र काठमाडौँ जोड्ने ‘लाइफ लाइन’ भएकाे धारणा राखे ।

द्रुतमार्गले सर्वसाधारणको आवातजावत सहज पार्ने मात्र नभई नेपालको वैदेशिक व्यापारलाई समेत प्रवर्धन गर्ने उल्लेख गर्दै उनले भने , “काठमाडौँतिरबाट यस आयोजनाको प्रस्थानविन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनुहुँदैन, सबैले समाधानको विकल्प खोजी गर्नु पर्छ ।” सडक निर्माण एवं विस्तार गर्दा कसैको पनि आस्थामाथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको स्पष्ट पार्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक एवं परम्परागत मान्यता र आस्थाको संरक्षण गर्दै निकास निकाल्नुपर्नेमा जोड दिए  ।

मुआब्जा वितरण, क्षतिपूर्ति, मोही तथा गुठी आदिका विषयलाई निराकरण गरी यसको निर्माण कार्यलाई गति दिन जरुरी रहेकोमा उनको जोड थियो । त्यस क्रममा उनले द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाप्रति सरकारको उच्च भरोसा रहेको बताउँदै विकास निर्माणमा सेनाको योगदानको प्रशंसा गरे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *