ललितपुरको फूलचोकी जंगलमा हराएका १३ युवायुवती प्रहरीको सम्पर्कमा आएका छन् । घुम्न गएका बेला बाटो भुलेर जंगलमा हराएका उनीहरू गए राति प्रहरीको सम्पर्कमा आएको एसएसपी शेखर खनालले जानकारी दिए ।
उनिहरू सबै १३ जना नै सम्पर्कमा आएको र उनिहरूलाई ल्याए पछि परिवारको जिम्मा लगाउँने खनालले बताए ।
खनालका अनुसार, उनीहरूले प्रहरीकाे १०० मा फोन गरेर आफूहरू जंगलमा अड्किएको सूचना गरेका थिए । सूचना पाएलगत्तै खोजीकार्यका लागि ललितपुर प्रहरीको टोली खटिएको थियो ।