सर्वसाधारणाका लागी खुल्यो चुरियामाई सुरुङमार्ग

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछिआजबाट  खुल्ला गरिएको छ । हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्ग सर्वसाधारणाका लागी खुला गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङ मार्गको उद्घाटन गर्दै सञ्चालनको लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले २०७८ वैशाख १९ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, स्युचाटार काठमाडौँ सँग सुरुङ मार्ग पुनर्निमाणको सम्झौता गरी काम सुरु गरेको थियो ।

प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङ मार्गको जीर्णोद्धार गरेको हो । सुरुङ मार्ग २२५ मिटर लामो , चौडाइ २.५ मिटर र  उचाइ ३ मिटर रहेको छ । २०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको  उक्त सुरुङ मार्ग एक वर्ष सञ्चालनमा ल्याइएको हो । सुरुङ मार्ग सञ्चालनको मोडालिटी र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो ।

उपमहानगरपालिकाले तयार गरेको कार्यविधि अनुसार सुरुङ मार्ग अवलोकन गर्न नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको उपमहानगरपालिकाका ले जानकारी दिएकाे छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम  इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको  सुरुङ बीच भागमा भासिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *