हङकङबाट काठमाडौं आएको जहाजभित्र बेहोस भएका यात्रुको मृत्यु

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

हङकङबाट काठमाडौं आएको जहाज भित्रै बेहोस् भएका एक पुरूषको मृत्यु भएको छ। शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल वायु सेवा निगमको आरए ४१० जहाजमा सवार ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू  जहाजभित्रै अचेत भेटिएका थिए।

जहाजभित्रै अचेत भएका उनलाई जहाज अवतरणपछि उपचारका लागि  नजिककै काठमाडौं मेडिकल कलेज पुर्‍याइएको थियो।

अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए। उनी कतिबेला बेहोस् भएका थिए भन्ने यकिन नभएको पनि भूलले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *