महोत्तरी कारागारभित्र थुनुवाको मृत्यु

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

महोत्तरी कारागारका एक थुनुवाको मृत्यु भएको छ।लागुऔषध ब्राउन सुगरको कारोबार मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारको थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आइतबार मृत्यु भएको हो।

कारागार प्रशासक धनन्जयप्रसाद दासका अनुसार सुनुवार बिहान साढे ८ बजे एक्कासि छटपटिँदै बेहोस् भएका थिए। उनलाई उपचारका लागि तत्काल जलेश्वर अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।

पोस्टमर्टम नभएकाले मृत्युको यकिन कारण नखुलेको प्रशासक दासले बताए। डाक्टरहरूले भने हृदयाघातका कारण मृत्यु भएको आकलन गरेको प्रशासक दासले बताए।

सुनुवार असार २१ गतेदेखि महोत्तरी कारागारमा पुर्पक्षका लागि थुनामा थिए। उनको मृत्यु भएपछि बिहानै परिवारलाई पनि खबर गरिएको प्रशासक दासले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *