काठमाडौं महानगरद्वारा त्रिपुरेश्वरस्थित भाटभटेनी स्टोरलाई २ लाख जरिवाना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौँ — काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो ।

 

विभागका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार काठमाडौं महानगरको कल सेन्टरमा ‘बासी, सडेगलेका र किरा लागेका खाना बेच्यो’ भनी गुनासो आएको थियो । उक्त गुनासोका आधारमा विभागबाट अनुगमन गर्दा नरिवलका ४४ प्याकेटमा ढुसीजन्य पदार्थ फेला परेको हो । त्यसपछि शुक्रबार ती नरिवल नष्ट गरिएको र भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

महानगरपालिकाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जरिवाना रकम महानगरपालिकाको राजश्व खातामा जम्मा गरी अबउपरान्त बिक्री गर्दा प्रचलित नेपालको कानुनको अधिनमा रही वस्तु उच्च गुणस्तर र खाद्य योग्य भएको निश्चित गरी मात्र बिक्री गर्ने प्रबन्ध मिलाउनु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *