राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका निम्ति नेपाली राजदूत नियुक्त गरेका छन् ।
सरकारको सिफारिसमा बुधबार उनले डा. शंकरप्रसाद शर्मालाई भारतका निम्ति नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
यस्तै डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका निम्ति नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।