ज्योति समूह अब पद्मज्योति समूहमा रुपान्तरण

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि

व्यापारिक तथा औद्योगिक घराना ज्योति समूह पद्मज्योति समूहमा रुपान्तरण भएको छ। समूहले आइतबार पत्रकार सम्मेलन गरी ज्योति समूह पद्मज्योति समूहमा रुपान्तरण भएको जानकारी दिएको हो। समूहको अध्यक्ष पद्मज्योतिका साथै मीरा ज्योति संस्थापक सदस्य र सौरभ, सुहृद, सिर्जना र आरती ज्योति निर्देशक रहेका छन्।

पद्मज्योति समूहले गुणस्तरका लागि परिचित आफ्ना विश्वसनीय ब्रान्डसँगै भविष्यलाई आकार दिन नयाँ योजना र रणनीति ल्याइरहेको जनाएको छ।

साथै उक्त कार्यक्रममा पद्मज्योति समूहद्वारा स्पाइनल इन्जुरी सेन्टर काभ्रेलाई २५ लाख नगद सहयोग गरिएको थियो। त्यस्तै, समूहले धर्मोदय सभालाई ११ आना जग्गा पनि दान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *