४५.८८ अंकले बढ्यो नेप्से

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४५.८८ अंक बढेर बन्द भएको छ । आज नेप्से १.७१ प्रतिशतले बढेर २,७१५.७१ विन्दुमा पुगेर बन्द भएको हो ।

आज पाँच अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । करोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.३४ प्रतिशतले घटेको छ ।

बाँकी सबै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि बैंकिङ समूहको भएको छ । यस समूहको परिसूचक ३.४३ प्रतिशलते बढेको छ ।

आज २१२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । २८ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *