सदाबहार हरियो रहने “रैस” रुख

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जंगलमा देखिने प्रायः सबै रुखका पात झर्छन् तर रैस यस्तो रुख हो जुन बाह्रै महिना हरियो रहन्छ । बसन्त ऋतुमा बिरुवामा पात पलाउने र शिशिर ऋतुमा पात झरेको सबैले देखेका छन् । जुम्लाको तातोपानी गाउँपालिका –३ को गोठीमा संयौ बर्षदेखि रैस (ठिन्के) रुख सदैव हरियो रहने स्थानीयको भनाइ छ ।

तातोपानी गाउँपालिकाका निवर्तमान अध्यक्ष नवराज न्यौपानेले आफु जान्ने भएदेखि यो रुखलाई सधैं हरियो देखेको बताए  । ‘म अहिले ५२ बर्षको भएँ । मलाई याद छ म ७ बर्षको हुँदा यो रुख बारेको जानकारी पाएको थिएँ । गाईवस्तु चराउन जाँदा सधैं हरियो देखिन्थ्यो’ उनले भने  ।

घरमा बुवासँग सोध्दा  ‘यो रुख सतियुगमा बाटुमाला भन्ने देउतीले माईतबाट नासो (कोसेली) ल्याएर बिरुवा रोपेको किम्बदन्ती छ । म सात बर्षको हुँदा बुवा ३७ बर्षको थिए । सानो हुँदा पनि मैले यस्तै देखेको थिएँ । अहिले पनि हरियो नै छ ।’ उनले स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *