प्रसाईं अस्पताल भर्ना

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना भएका छन्।साइबर ब्युरो का अनुसार आइतबार साँझ उनलाई अस्पताल भर्ना गरिएको हो।

‘चिकित्सकको सल्लाह अनुसार हामीले उनलाई अस्पतालमा भर्ना गरिएकाे ब्युरोले जनाएकाे छ ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।

 

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ।सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा साढे ३२ अर्ब लगानी गरेको भन्दै भाषण गरेका थिए। उनले आफ्नो सामाजिक सञ्जालमा भिडिओमार्फत  स्क्रिनसट समेत देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *