सहकारिकाे रकम अपचलनकाे अ।राेपलागेका पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लामिछानेलाई पोखरा लगिएको हो ।
उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।
रवि लामिछानेका सात समथर्क प्रहरी नियन्त्रणमा
यसैबिच सभापति रवि लामिछानेको पक्षमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता समातिएका छन् । लामिछानेलाई पोखरा विमानस्थलबाट हिरासततर्फ लैजाँदै गर्दा नाराबाजी गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुटवलस्थित सुप्रिम सहकारी ठगीमा मुछिएका उनलाई त्यताको बयान सकेर आजै दिउँसो जहाजमार्फत पोखरा फर्काइएको थियो ।
सहकारी पीडितको मोटरसाइकल जुलुस
सहकारी पीडितहरुले काठमाडौँमा मोटरसाइकल र्याली निकालेका छन् । सहकारी बचतकर्ता राष्ट्रिय महासघंको अगुवाइमा उनीहरुले आज दिउँसो नाराबाजीसहित र्याली गरेका हुन् ।
महासंघले मङ्सिर ५ गते काठमाडौँमा विशाल जनप्रदर्शनको तयारी गरेको छ । त्यसको प्रचार प्रसारका लागि मोटरसाइकल र्याली निकालेको जनाइएको छ ।
र्यालीमा पूर्वमन्त्री तथा बागमती प्रदेशका सांसद शैलेन्द्रमान बज्राचार्य, सत्य र न्याय खोजी अभियानका संयोजक तथा अधिवक्ता ध्रुवलाल श्रेष्ठ, स्वर्णलक्ष्मी बचत सहकारीका संयोजक नन्दु ताम्राकार लगायत उपस्थिति छन । ५० वटाजति मोटरसाइकल र केही साना गाडीमा डेढ सयको संख्यामा रहेका र्यालीका सहभागीले बचत फिर्ताको माग गरेका हुन ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘महङ्गीको अन्त्य गर’, ‘सहकारीको बचत फिर्ता गर’ जस्ता नारा लगाएका थिए ।