रास्वपाले भाेलि रुपन्देहीमा प्रदर्शन गर्ने

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  भाेलि मंगलबार रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि  लुम्बिनी गेट भैरहवामा प्रदर्शन गरिने रास्वपाले जनाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
लामिछानेलाई भाेलि मंगलबार प्रहरीले पोखराबाट रुपन्देही ल्याउने भएपछि रास्वपाले पनि रुपन्देहीमा प्रदर्शन गर्न लागेको हो । यसअघि रास्वपाले पोखरा र काठमाडौँमा प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *