केरुङमा अड्केका मालवाहक कन्टेनर रसुवा भित्रन थाले

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

बाढीपहिरोका कारण तिब्बतको खासामा रोकिएका मालवाहक कन्टेनर आज बिहानबाट नेपालको रसुवागढी नाका भित्रिन थालेका छन् । बाढीपहिरोले रसुवा नाकाको केरुङतर्फको २४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि दसैं, तिहार र छठका लागि झिकाइएका व्यापारिक मालबस्तु एक महिनादेखि रोकिएका थिए ।

केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेको व्यापारिक मालबस्तु हजारौं टन छन् । सीमित तौलको सामान बोकेको कन्टनेर मात्र आउजाउ गर्न पाउने भएकाले नेपाली व्यवसायीको मालबस्तु सहज रुपमा नेपाल भित्रिन धेरै समय लाग्न सक्छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार ६ सय भन्दा बढी कन्टेनर सामान रहेको रहेका छन । फलफूलका कन्टेनर २० टनसम्म हुने भएकाले तोकिएको तौल न्यून हुने लामो समय लगानी अलपत्र परेकाले व्यापारीहरु अतालिएकाे बताइर्एकाे छ  संघका अनुसार १३ टन सामान ल्याउन पाउने नीतिले फलफूलका कन्टेनर ल्याउन सकिँदैन । फलफूलका कार्टुन सानो गाडीमा लोड गरेर ल्याउँदा भाडा महँगो पर्ने र बाढी अघि एक नेपाली कन्टेनर सामान काठमाडौं ल्याउने ढुवानी भाडा ९० हजार रहेकोमा अहिले २ लाख पुर्‍याइएको गुनासो व्यवसायीहरूको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *