ललितपुरमा सञ्चालन भइरहेको पुष्प मेलामा फूल किन्नेको भिड लाग्न थालेकाे छ । ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा गत बिहीबारदेखि सुरु भएको तिहारलक्षित पुष्प मेलामा फूल प्रेमीहरूको भिड लागेको हो ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ नामक पुष्प मेला आयोजना गरिरहेको छ । मेलामा एकै ठाउँमा एक सय भन्दा धेरै प्रजातिका फूलहरू बिक्री भैरहेकाे आयोजकले जनाएका छन् ।
प्रदर्शनीमा ५० रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्ने फूल बिक्रीमा राखिएको छ। प्रदर्शनीमा विभिन्न जातका फूल, आकर्षक गमला, फूल खेतीका लागि आवश्यक पर्ने औजार राखिएका छन् । मेला आजसम्म चल्ने छ।