सुनकोशी नदीमा बाढीको जोखिम : तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

अर्थ शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले नदीका तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। असार ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा धेरै वर्षा हुने र बाढी आउने सम्भावना भएको जनाउँदै बाढी खोटाङको सुनकोशीमा पनि आउने भएकाले तटीय स्थानीयवासीलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरेर अनुरोध गरेको हो।

सुनकोशीले खोटाङको हलेसी तुवाचुंग नगरपालिका, दिप्रुंग चुइचुम्मा, खोटेहांग, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका भूभाग छोएर बगेको छ। चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कताको सूचना जारी गरेपछि खोटाङले पनि असार ६ गते सार्वजनिक सूचना जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले जारी गरेको सूचनाको बारेमा सम्बन्धित स्थानीय तहलाई पनि जानकारी गराइएको प्रशासनले जनाएको छ। गत वर्षको असार १२ गते सुनकोशीमा आएको बाढीले दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिंगटारमा सञ्चालित मोटरेबल पक्की पुल बगाएको थियो भने, दर्जनौं स्थानीयवासी विस्थापित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *