नेपाली सेनाद्वारा आकस्मिक उद्धार

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

भारी वर्षाका कारण उत्पन्न आकस्मिक परिस्थितिमा नेपाली सेनाले दुई फरक स्थानमा सफल उद्धार कार्य सम्पन्न गरेको छ। बिहीबार राति महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित बिनयी खोलाको बिचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुवाहक बस फसेको खबर प्राप्त भएपछि नेपाली सेनाको टोली खटिएको थियो। सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा स्काभेटरको प्रयोग गरी बसमा फसेका यात्रुहरूको सफलतापूर्वक उद्धार गरेको हो।

काभ्रेपलाञ्चोक — रोशी खोलामा ५ जनाको उद्धार

त्यसै राति, काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–७, लास्कोटस्थित रोशी खोलामा अबिरल वर्षाका कारण बढेको बहावले ग्याबिन जाली बिछ्याउने क्रममा खोलाको किनारमा फसेका ५ जना स्थानीयलाई पनि नेपाली सेनाले अन्य सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहकार्यमा सकुशल उद्धार गरेको छ।नेपाली सेनाको तिव्र प्रतिक्रिया र समन्वयात्मक कार्यले समयमै जोखिममा परेका नागरिकहरूको ज्यान जोगाउन मद्दत पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *