देवानगन्ज घटना: विराटनगरमा पनि प्रदर्शन

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

एक जनाको ज्यानजानेगरी भएको देवानगन्ज घटनाको विरोधमा विराटनगरमा पनि प्रदर्शन भएको छ ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको विरोधमा विराटनगरमा सोमबार बेलुका हिन्दु समाजले प्रदर्शन गरेको हो ।

हिन्दु समाजले र्‍यालीसहित बिरोध  प्रदर्शन गरेको थियो ।  हिन्दु समाजविराटनगरको आह्वानमा विराटनगर बजारका पसलहरु बेलुका ५ बजेदेखि ७ बजे सम्म बन्द गरिएको थियो । प्रदर्शनमा सहभागीले पीडितलाई न्यायदिन, घाइतेको उपचार गर्न र दोषीहरूलाई कडा कारबाहीगर्न माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *