साउदी अरब–अमेरिकाबिच अभूतपूर्व आणविक सम्झौता

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

संयुक्त राज्य अमेरिकाले बुधबार साउदी अरेबियासँग अभूतपूर्व आणविक सम्झौता भएको घोषणा गरेको छ । यस सम्झौताअन्तर्गत साउदी अरेबियाले अब अमेरिकी सहयोगमा नागरिक प्रयोजनका लागि आणविक कार्यक्रम विकास गर्न सक्षम हुनेछ ।

शान्तिपूर्ण उद्देश्यका लागि आणविक सहयोगसम्बन्धी उक्त ‘सम्झौता १२३’मा अमेरिकी ऊर्जामन्त्री (सेक्रेटरी) क्रिस राइट र साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानले हस्ताक्षर गरेका थिए । त्यस अवसरमा दुई देशबिच आणविक सुरक्षा उपायमा द्विपक्षीय सम्झौतामा पनि हस्ताक्षर भयो ।

‘यी दुवै सम्झौताले धेरै दशक अर्बौं डलरको साझेदारीका लागि कानुनी जग बसालेको छ । यसले आणविक अप्रसारसहित धेरै आर्थिक र रणनीतिक प्राथमिकतालाई अगाडि बढाउन मद्दत गर्नेछ,’ ह्वाइट हाउसले सम्झौतापछि एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

तर, सम्झौतापछि कैयौँले पश्चिम एसियाजस्तो संवेदनशील क्षेत्रमा आणविक हतियार दौडलाई तीव्र पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

तथापि, यस चिन्तालाई सम्बोधन गर्ने प्रयासमा अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले एक विज्ञप्तिमा भने, ‘यो सम्झौताले आणविक सुरक्षा र अप्रसारको उच्चतम मापदण्डको पालना गर्छ भन्ने कुरामा ढुक्क हुनुहोस् । किनकि, यो विश्वको उत्कृष्ट आणविक प्रविधि र सर्वोत्कृष्ट वैज्ञानिकको विशेषज्ञतामा निर्भर हुनेछ, जुन संयुक्त राज्य अमेरिकामा विकास गरिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *