कुमार बेनको भारत भ्रमणवारे जानकारी छैनः परराष्ट्र मन्त्रालय

अन्तराष्ट्रिय मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतक सल्लाहकार कुमार बेञ्जनकार (कुमार बेन) को भारत भ्रमणवारे अनभिज्ञता प्रकट गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सह–सचिव लोकबहादुर पौडेल क्षेत्रीले बेनको भारत भ्रमणवारे परराष्ट्रलाई जानकारी नरहेको बताए ।

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेललाई सञ्चारकर्मीले बेनको भ्रमणवारे सोधेका थिए । ‘यस सम्बन्धमा मन्त्रालयलाई औपचारिक जानकारी छैन’, उनले भने । केही दिनअघि बेन रक्सौलबाट स्थलमार्ग हुँदै नयाँदिल्ली पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेको समाचार आएकाे थियाे।

समाचारमा जनाइएअनुसार एक निकट पत्रकारको सहयोगमा बेन गत जुलाई पहिलो साता नयाँदिल्ली गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *