के तेस्रो स्थानका लागि हुने खेलको गोल पनि गोल्डेन बुटको दौडमा काउन्ट हुन्छ ?

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

फिफा विश्वकप २०२६ ले फाइनल प्रतिस्पर्धी पाइसकेको छ। जुलाई १९ मा हुने फाइनल खेलमामा अर्जेन्टिना र स्पेनले प्रतिस्पर्धा गर्नेछन्। यस्तै, सेमिफाइनलबाट बाहिरिएका इंग्ल्याण्ड र फ्रान्सले शनिबार तेस्रो स्थानका भिड्दैछन्।

विश्वकपको दुई खेल बाँकी रहँदा गोल्डेन बुट कसले जित्ला भन्ने कौतुहलता सबैमा परेको छ। यस्तै, उपाधिको रेसबाट बाहिरिएका तेस्रो स्थानका लागि खेल्ने खेलाडीको गोल यसमा काउन्ट हुने कि नहुने भन्ने पनि चर्चा छ।

विश्वकपको तेस्रो स्थानको प्लेअफमा खेलाडीले गरेको गोल पनि गोल्डेन बुटको प्रतिस्पर्धामा पूर्ण रूपमा गणना हुन्छ।

यसको अर्थ फ्रान्स र इंग्ल्याण्डका खेलाडीहरू केलियन एमबाप्पे, उस्मान डेम्बेले, ह्यारी केन र जुड बेलिङ्घमले पनि शनिबार हुने तेस्रो स्थानको प्लेअफमा गोल गरे गोल्डेन बुट जित्न सक्छन्।

प्रतियोगिताको अन्तिम दुई खेलअघि पाँच वा सोभन्दा बढी गोल गर्ने सात खेलाडी गोल्डेन बुटको दौडमा छन्।

हाल अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे समान ८–८ गोल बनाएका छन्। यद्यपि, समान गोल भए पनि बढी असिस्टका कारण मेस्सी गोल्डेन बुटको दौडमा अगाडि छन्।

नर्वेका एर्लिङ हालान्ड ७ गोलसहित तेस्रो स्थानमा छन्। तर, नर्वे क्वाटरफाइनलबाट बाहिरिसकेकाले उनले अब गोल संख्या बढाउन सक्ने छैनन्।

इंग्ल्याण्डका जुड बेलिङ्घम र ह्यारी केनले ६–६ गोल गरेका छन् भने फ्रान्सका उस्मान डेम्बेले र स्पेनका मिकेल ओयारजाबालले ५–५ गोल गरेका छन्।

तेस्रो स्थानको प्लेअफमा इंग्ल्याण्ड र फ्रान्सले कस्तो टोली मैदानमा उतार्छन् भन्ने कुराले पनि गोल्डेन बुटको प्रतिस्पर्धामा प्रभाव पार्न सक्छ।

सन् २०१८ को विश्वकपमा बेल्जियमविरुद्धको तेस्रो स्थानको प्लेअफमा इंग्ल्याण्डका तत्कालीन प्रशिक्षक ग्यारेथ साउथगेटले सेमिफाइनलमा क्रोएसियासँग पराजित भएको टोलीमा पाँच परिवर्तन गरेका थिए। त्यसबेला गोल्डेन बुट विजेता ह्यारी केनले खेल सुरु गरे पनि गोल गर्न सकेका थिएनन्।

विश्वकप इतिहासमा अघिल्ला सात गोल्डेन बुट विजेताले तेस्रो स्थानको प्लेअफमा गोल गरेका छन्। तीमध्ये चार खेलाडीले सोही खेलमा गरेको गोलकै आधारमा अन्ततः गोल्डेन बुट जितेका थिए।

सन् २०१० मा जर्मनीका थोमस मुलर, १९९८ मा क्रोएसियाका डाभोर सुकर, १९९० मा इटालीका साल्भाटोर स्किलाची र १९३८ मा ब्राजिलका लियोनिडासले तेस्रो स्थानको प्लेअफमा गोल गर्दै गोल्डेन बुट जितेका थिए।

यस्तै, १९७४ मा पोल्यान्डका ग्र्जेगोर्ज लाटो, १९६६ मा पोर्चुगलका युसेबियो र १९५८ मा फ्रान्सका जस्ट फन्टेनले पनि तेस्रो स्थानको प्लेअफमा गोल गरेका थिए।

२०२६ विश्वकपमा हालसम्म सर्वाधिक गोलकर्ता

लियोनेल मेस्सी (अर्जेन्टिना) – ८

केलियन एमबाप्पे (फ्रान्स) – ८

एर्लिङ हालान्ड (नर्वे) – ७

जुड बेलिङ्घम (इंग्ल्याण्ड) – ६

ह्यारी केन (इंग्ल्याण्ड) – ६

उस्मान डेम्बेले (फ्रान्स) – ५

मिकेल ओयारजाबाल (स्पेन) – ५

Leave a Reply

Your email address will not be published. Required fields are marked *