एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज आफ्नो पार्टीका मन्त्रीहरूलाई पदबाट बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बजेट पुनर्लेखन नभएसम्म पारितका लागि सरकारलाई साथ नदिने एमालेको अडान थियो । आगामी आर्थिक वर्षको बजेट पास नहुने अवस्था सृजना भएपछि मुख्यमन्त्रीले एमालेका चार जना मन्त्रीलाई बर्खास्त गरेका हुन ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सहमतिका लागि भएका प्रयासलाई बेवास्ता गरेर मुख्यमन्त्री एकलौटी ढङ्गले अगाडि बढेको आरोप लगाउदै मुख्यमन्त्री शाहले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाए । एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *